अध्यक्षका उम्मेदवार पोखरेल र योन्जन ।
लालबन्दी – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार देवनाथ पोखरेल (चश्मा छाप) ले अग्रता पुन बढाएका छन् ।
पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार इन्द्र योन्जन (करुवा) छापलाई पछि पार्दै अग्रता बढाउँदै लगिरहेका हुन् । ताजा अवस्थामा उनी योन्जन भन्दा १९१ मतले अघि छन् । पोखरेलले १८ सय ९ र योन्जनले १६१८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार माओवादी केन्द्रका हेमबहादुर श्रेष्ठ (श्याम) घर छापले ३९८ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्ष र सचिवमा पनि अहिले चश्मा चुनाव चिन्ह भएका उम्मेदवारले अग्रता लिएका छन् । उपाध्यक्षमा गंगाराम महतो (चश्मा) छापले १६ सय २०, अर्जुन चौधरी (करुवा) छापले १६ सय ४ र इन्द्र बल (घर) छापले ५२८ मत प्राप्त गरेका छन्
यसैगरी, सचिवतर्फ हरिमाया थिङ (चश्मा) छापले १६ सय २, अप्सरा वाग्ले (करुवा) छापले १५ सय ८९ ,राधादेवी भण्डारी (घर) छापले ५१४ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी, कोषाध्यक्षमा भने डुकेन्द्र बहादुर खत्री (कपिल) करुवा छापको अग्रता कायमै छ । करुवा छापले १७००, मानबहादुर विश्वकर्मा (चश्मा) छापले १४ सय ४० र घमकुमार श्रेष्ठ (राजकुमार) घर छापले ५६२ मत प्राप्त गरेका छन् ।
हिजो भएको मतदानमा जम्मा ४७ सय ४५ मत खसेको थियो । ६८ सय ३५ उपभोक्तामध्ये ६९ दशमलव ४२ प्रतिसत अर्थात् ४७ सय ४५ उपभोक्ताले मत खसालेका हुन् ।