logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी खानेपानी निर्वाचन : अध्यक्षमा योन्जनको अग्रता, पोखरेल पछयाउँदै


  • उज्यालो अभियान

अध्यक्षका उम्मेदवार क्रमश : योन्जन, श्रेष्ठ र पोखरेल ।

लालबन्दी – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको मतगणना जारी रहेको छ ।

संस्थाको ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको थियो । अहिलेसम्म वडा नं. ६, ८, १०, ११, १२ र १३ को मतगणना सकिएको छ ।

६ वटा वडाको मतगणना सकिँदा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका इन्द्र योन्जन (करुवा) छापले अग्रता कायमै राखेका छन् । योन्जनले १ हजार ८२ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार देवनाथ पोखरेल (चश्मा) छापले ९६४ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार माओवादी केन्द्रका हेमबहादुर श्रेष्ठ (श्याम) घर छापले २९४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्षमा अर्जुन चौधरी (करुवा) छापले ९८५, गंगाराम महतो (चश्मा) छापले ९१८ र इन्द्र बल (घर) छापले ४१८ मत प्राप्त गरेका छन् ।

यस्तै, सचिवतर्फ अप्सरा वाग्ले (करुवा) छापले १ हजार ८, हरिमाया थिङ (चश्मा) छापले ९२४ र राधादेवी भण्डारी (घर) छापले ३६८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा डुकेन्द्र बहादुर खत्री (कपिल) करुवा छापले ११ सय १९, मानबहादुर विश्वकर्मा (चश्मा) छापले ७५५ र घमकुमार श्रेष्ठ (राजकुमार) घर छापले ४२८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका संयोजक गोपाल थापाका अनुसार अहिले वडा नं. ९ को मतगणना चल्दै छ । अझै वडा नं. ३, ४, ५ र ७ को मतगणना हुन बाँकी नै छ ।

मतगणना सक्न आइतबार दिनभर नै लाग्ने बताइएको छ । शनिबार भएको मतदानमा जम्मा ४७ सय ४५ मत खसेको थियो । ६८ सय ३५ उपभोक्तामध्ये ६९ दशमलव ४२ प्रतिसत अर्थात् ४७ सय ४५ उपभोक्ताले मत खसालेका हुन् ।

राती १० बजे पछिबाट लालबन्दी ६ लेखाली चौरस्थित खानेपानीको केन्द्रीय कार्यालयमा मतगणना जारी छ ।