logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मुसहर महिलालाई नेतृत्व विकास तालिम प्रदान


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा अत्यन्तै पिछडिएको दलित समुदायमा पर्ने मुसहर महिलालाई नेतृत्व विकास सम्वन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।

अण्डेफको सहयोगमा साप नेपालले सञ्चालन गरेको लैंगिक उत्तरदायी शुसासन प्रवद्र्धन परियोजना अन्तर्गत चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, हरिपुर नगरपालिका र बरथहवा नगरपालिकाका मुसहर महिलाहरुलाई सोमबार र मंगलबार दुई दिन लालबन्दीस्थित न्यू लालबन्दी होटलमा तालिम प्रदान गरिएको हो । दुई दिने सो तालिममा मुसहर महिला सशक्तिकरण मञ्चमा आबद्ध ३२ जना अगुवा महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा साप नेपालका कार्यक्रम संयोजक जनक कार्की, फिल्ड सुपरभाइजर मनोजकुमार पासवान, मुसहर अगुवा पचुलाल माझीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा महिलाहरुलाई मुसहर महिला सशक्तिकरण कार्यक्रमको समीक्षा, सिकाइ उपलब्धी तथा नेतृत्व विकास,सामाजिक जवाफदेहीता,सामाजिक मुल्य मान्यता र व्यवहार परिर्वतनको विषयमा प्रशिक्षण दिइएको कार्यक्रम संयोजक कार्कीले जानकारी दिए । सो परियोजना अन्तर्गत चार पालिकाका एक हजार ६५० महिलाहरुलाई समुहमा आबद्ध गरी उनीहरुको सामाजिक तथा आर्थिक विकासको लागि कार्यक्रम सञ्चालन गरिएको छ ।

स्थानीय तहमा बजेट सोधखोज,विकास निर्माणमा महिला सहभागिता,सामाजिक विकृति,आयोजना माग गर्ने,बचत गर्ने तथा जीवन परिर्वतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको साप नेपालका कार्यक्रम संयोजक कार्कीले जानकारी बताए ।