logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बलराबाट ८ लाखको अवैध सामान बरामद, दुई तस्कर पनि पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

बलरा – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको बलरा नगरपालिकाबाट प्रहरीले मंगलबार झण्डै ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

भन्सार छलेर तस्करीको सामान ल्याउने २ जना मानिस पनि पक्राउ परेका छन् । बलरा नगरपालिका–१, सेढवामा भारतबाट भन्सार छलेर ल्याइएको ७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको ३५ थान एलईडी र २८ थान हटकेश ईलाका प्रहरी कार्यालय गडहीयाको प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।

ती अवैध सामानसहित भारतको सीतामढी ग्राम पंचायत मनिहारी १३ बस्ने २१ वर्षीय कविकुमार बनिया र भारत रामनगरा १० बस्ने २० वर्षीय सुनिल कुमार साह पक्राउ परेका प्रहरीले जनाएको छ । कविकुमार र सुनिलले अवैध सामान ल्याउन प्रयोग गरेको बीआर ३० पीए ३४०८ नम्वरको भारतीय टेम्पु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद अवैध सामान, टेप्पु र दुई भारतीय युवकलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं डीएसपी विजय यादवले जानकारी दिए ।