बरहथवा – सर्लाहीको बरहथवास्थित ईलाका प्रहरी कार्यालयका डीएसपी उमाशंकर प्रसाद यादवको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ जना डीएसपीको सरुवा निकाल्दा यादवको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपुर, दाङ अन्तर्गत अपराध अनुसन्धान सहायता शाखामा सरुवा भएको हो । डीएसपी यादवको नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँमा दरबन्दी भएपनि प्रहरी प्रधान कार्यालयले बरहथवामा काज सरुवा गरी पठाएको थियो ।
यादवले ९ महिना बरहथवा प्रहरीको इन्चार्ज भएर काम गरेका छन् । प्रहरी प्रदान कार्यालयले तत्काल बरहथवामा नयाँ डीएसपी भने पठाएको छैन् ।
बरहथवामा डीएसपीको दरबन्दी नै कायम छैन् । यहाँ अहिलेसम्म दुई जना डीएसपीलाई काजमा इन्चार्जको रुपमा खटाइएको छ ।
यसअघिका डीएसपी उद्धव सिंह भाटले पनि काजमै खटिएर काम गरेका थिए । बरहथवामा अब फेरि पनि काजमै अर्को नयाँ डीएसपी आउने बुझिएको छ ।
यस्तै, एक महिना भन्दा बढी समयदेखि जिल्ला प्रहरी कार्यालय मलंगवामा काजमा कार्यरत डीएसपी विजय यादवको भने जिल्ला प्रहरी कार्यालयमै दरबन्दी कायम भएको छ । यादवलाई नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, सुनसरीबाट सर्लाहीमा सरुवा गरी यहीँ दरबन्दी कायम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा यसअघिका डीएसपी माधवप्रसाद बुढाथोकी एसपीमा बढुवा भई केहीदिन अघि मात्रै गएका थिए ।