logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गर्मीले आजित भएका बेला पानी परेपछि राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीमा सोमबार दिउँसो हावाहुरीसहित वर्षा भएको छ ।

गर्मीले आजित भएका सर्वसाधारणले पानी परेपछि शितलताको महसुस गरेका छन् । पानी नपर्दा मध्यान्हसम्म यस क्षेत्रमा चर्को घाम लागेर अत्यधिक गर्मी थियो ।

पानी परेपछि गर्मी घटेको छ । जिल्लाको उत्तरी भेगमा केहीबेर हावाहुरीसहित ठूलै पानी परेपनि सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने सामान्य वर्षा मात्रै भएको स्थानीयले बताएका छन् ।

सोमबार दिउँसोको हावाहुरीले उत्तरी भेगमा केही घर तथा पसल टहरामा छानाको रुपमा हालेको त्रिपाललगायत अन्य छाना उडाएर सामान्य क्षति पु¥याएको हाम्रा संवाददाताहरुले जनाएका छन् । हावाहुरी र पानीले केहीबेर अवरुद्ध भएको विद्युत् भने सूचारु भइसकेको छ ।