लालबन्दी – केही सचेत युवाले लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) बासुदेव अधिकारीलाई खुल्ला पत्र बुझाउँदै लागूऔषधको बढ्दो प्रयोग नियन्त्रणमा लाग्न आग्रह गरेका छन् ।
लालबन्दी नगरपालिका १७ रानिगन्जका प्रकाश श्रेष्ठ, सुनिल आचार्य र कुमार घिमिरेले नगरभित्र दिनानुदिन लागूऔषधको प्रयोगकर्ता बढिरहेकाले नगरप्रमुखलाई पत्र बुझाउँदै यसबारे ध्यानाकर्षण गराएका हुन् । युवाहरुले लागूऔषधको दुव्र्यशनीले गर्दा चोरी, लुटपाट, गुन्डागर्दी, पारिवारिक कलहलगायत अन्य आपराधिक घटना बढेको उल्लेख गरेका छन् ।
खुल्ला पत्रमार्फत नगरपालिका, प्रहरी, वुद्धिजिवी, नागरिक समाज, स्थानीयवासीलगायत सबै सरोकारवालासँग समन्वय गरी लागूऔषधविरुद्ध सचेतना जगाउने काममा अगुवाई गरिदिन नगरप्रमुख समक्ष आग्रह गरिएको छ ।