logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

निर्वाचन कार्यालयका प्रमुख भुजेल अब हरिपुर नगरपालिकाको ‘हाकिम’


  • उज्यालो अभियान

प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै मेयर गोपाल पंजियार (बायाँ) । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिवाकर भुजेल हाजिर भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीको प्रमुख रहेका लालबन्दी नगरपालिका निवासी भुजेल हरिपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएपछि बुधबर हाजिर भएका हुन् । उनलाई हरिपुरका प्रमुख गोपाल पंजियार, उपप्रमुख निलमदेवी यादवलगायतले माला र अबिर लगाएर नगरपालिका कार्यालयमा स्वागत गरेका थिए ।

भुजेल हरिपुरमा सरुवा भएर आएपछि जिल्ला निर्वाचन कार्यालय सर्लाही भने प्रमुखविहीन भएको छ । यस्तै, बुधबार नै रापालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासको बिदाई पनि गरिएको छ ।

दासको आफ्नै घर रहेको सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा सरुवा भएको छ । यसअघि गएको सोमबार कविलासी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उदयप्रसाद देवकोटा हाजिर भएका थिए ।