हरिपुर – हरिपुर नगरपालिकाले सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पसलाई विभिन्न फर्निचर सहयोग गरेको छ ।
नगरपालिकाले जिल्लाकै पुरानो क्याम्पस सर्लाही क्याम्पसलाई ३ थान टेबल, ३ थान कुर्सी र २ थान दराज प्रदान गरेको हो । क्याम्पसको माग अनुसार नवौँ नगरसभाबाट विनियोजित एक लाख रुपैयाँ बजेटबाट फर्निचर खरिद खरी प्रदान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरप्रमुख गोपाल पंजियार, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, प्रशासन प्रमुख रुपलाल देवकोटा, लेखा प्रमुख भूपेन्द्र कुमार सिंह लगायतले फर्निचर सामग्री हस्तान्तरण गरे । फर्निचर प्रदान गर्न पुगेको नगरपालिकाको टोलीलाई क्याम्पस प्रमुख राजेश प्रसाद यादवले स्वागत तथा सम्मान गरेका थिए ।