logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनबाट लागूऔषधसहित दुई युवक पक्राउ


  • उज्यालो अभियान

हरिवन – नेपाल प्रहरीले हरिवनबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–३ का ३५ वर्षीय दीपक खत्री र काभ्रेको रोशी गाउँपालिका–४ का २६ वर्षीय विजय लामा रहेका छन् । विशेष सुराकीको आधारमा उनीहरु बुधबार राती हरिवन नगरपालिका–९, स्थित दनुवारीबाट प्रतिवन्धित लागूऔषधसहित पक्राउ परेका हुन् ।

ना २० प ९३७ नम्वरको मोटरसाइकलमा सवार खत्री र लामाको साथबाट डाइजेपाम ४९५ एम्पुल, फेनारगन ५०० एम्पुल, स्पास्मो प्रोक्सीभन प्लस १४४ क्याप्सुल र नाम नखुलेको ५०० सय एम्पुल लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । खत्री र कार्कीले दुईवटा भिर्ने झोला र एउटा हातमा बोक्ने प्लाष्टिकको झोलाभित्र लुकाएर दक्षिणतर्फबाट ल्याएको लागूऔषध प्रहरीले फेला पारेको हो । उनीहरुलाई हरिवन प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा चेकिङ गर्नेक्रममा उनीहरु तीव्र गतिमा मोटरसाइकल दौडाएर उत्तरतर्फ भाग्नासाथ इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख मुकेश ताम्राकार नेतृत्वको टोलीले पिछा गर्दै दनुवारीबाट पक्राउ गर्न सफल भएको हो ।