logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मलंगवामा ११ जनाले गरे रक्तदान


  • उज्यालो अभियान

धिरोज कुमार यादव/मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा शनिबार ११ जनाले रक्तदान गरेका छन् ।

मिथिला डेन्टल क्लिनिक मलंगवाको आयोजनामा बाल मन्दिरको प्राङ्गणमा भएको रक्तदान शिविरमा १० जना पुरुष र एक महिला गरी ११ जनाले रक्तदान गरेका हुन् । ११ जनामध्ये ८ जना सर्वसाधारण र ३ जना नेपाल प्रहरी रहेका छन् ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटी मलंगवालाई बुझाइएको आयोजकले जनाएको छ । रक्तदान शिविरको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह, उपसभापति जितेन्द्र कुशवाहा, मलंगवा ८ का वडाध्यक्ष मुकेश जैसवाल, रेडक्रस मलंगवाका सभापति नागेन्द्र प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा रगतको माग भएपनि शिविर हुँदा रक्तदान गर्ने मानिसहरु भने निकै कम हुन्छन् । जनचेतनाको अभावमा दक्षिणी भेगमा रक्तदान गर्नेहरु निकै कम रहेका मिथिला डेन्टल क्लिनिकी डाक्टर अमृता यादवले बताईन् ।