हरिवन – सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा मंगलबार आँप पकेट विकास कार्यक्रम अन्तर्गत कृषि उपकरण हस्तान्तरण गरिएको छ ।
हरिवन नगरपालिकाको सहयोगमा गणपति बहुउद्देश्यीय कृषक समूहमा आवद्ध कृषकहरुलाई आँपको बिरुवासँगै हाते ट्रयाक्टर, डिजिटल तराजुसहितका सामग्री प्रदान गरिएको हो । समूहका अध्यक्ष विनोद महतोको अध्यक्षतामा हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, वडाध्यक्ष अर्जुन कुमार योन्जनलगायत भएर कृषि उपकरण हस्तान्तरण गरेका हुन् ।
हरिवनको अत्रौली क्षेत्रलाई आँपको पकेट क्षेत्र मानिन्छ । त्यहाँका अधिकांश किसानले आँपबाट राम्रो आर्जन गर्दै आइरहेका छन् ।