logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सशस्त्र प्रहरीद्वा सय लिटर घरेलु मदिरा बरामद


  • उज्यालो अभियान

हरिपुर – सशस्त्र प्रहरीले मंगलबार बिहान सबेरै सर्लाहीको हरिपुरबाट एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।

बिहान ६ बजेतिर हरिपुर नगरपालिका–८, मा साइकलमा राखेर दक्षिणतर्फ लाँदै गरिएको अवैध घरेलु मदिरा बरामद गरिएको सशस्त्र प्रहरी बल फरहदवा बेस क्याम्पसका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । सशस्त्रले दुईवटा ड्रम र दुईवटा गेलिनमा लिएर हिँडेको मदिरा बरामद गरेको हो ।

बरामद गरिएको मदिरा बेस क्याम्पभित्रै खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।