logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सागरनाथ जंगलमा गाडेको अवस्थामा शिशुको शव फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा सोमबार साँझ जंगलमा गाडेको अवस्थामा शिशुको शव फेला परेको छ ।

सागरनाथबाट श्रीनगरतर्फ जाने सडकदेखि केही भित्र सागरनाथ जंगलमा अन्दाजी १६÷१७ महिनाको जस्तो देखिने शिशु (छोरी) को शव फेला परेको हो । वस्तुभाउ चराउन जंगल गएका गोठालाहरुले सोमबार साँझ घर फर्किनेक्रममा टाउको देखिने गरी गाडेको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी गरिरहेको छ ।

घटनास्थल र मृतकको शव हेर्दा गएरातीतिर हत्या गरी शिशुको शव त्यहाँ गाडेको जस्तो देखिएको छ । प्रहरीले घटनाको सम्वन्धमा अनुसन्धान गरिरहेको छ ।