लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–७, स्थित शहीद इगल स्मृति नमूना प्राथमिक विद्यालयमा शुक्रबार वृक्षरोपण गरिएको छ ।
नयाँ निर्वाचित भएर आएका लायन्स क्लब अफ लालबन्दी सिटीका पदाधिकारीहरुको पहिलो कार्यक्रम अन्तर्गत वृक्षरोपण गरिएको हो । क्लबका नवनिर्वाचित अध्यक्ष चिरन्जिवी खतिवडाको अध्यक्षतामा विद्यालयको हाताभित्र विभिन्न जातका ७० वटा विरुवा रोपिएको क्लबका पूर्व अध्यक्ष विकल जर्गा मगरले जानकारी दिए ।
कार्यक्रममा विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सुरेश पौडेल, प्रधानाध्यापक रन्जना अधिकारी र क्लबका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।