logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

उद्योग वाणिज्य संघ लालबन्दीको भवन आज उद्घाटन


  • उज्यालो अभियान

उद्योग वाणिज्य संघ लालबन्दीको नवनिर्मित भवन ।

लालबन्दी – सर्लाहीको लालबन्दीमा उद्योग वाणिज्य संघको नवनिर्मित भवनको आज (आइतबार) उद्घाटन गरिँदै छ ।

संघको आठौं वार्षिक साधारण सभाको अवसर पारेर लालबन्दी नगरपालिका वडा नं. ६ मा निर्माण गरिएको ३ तले भवनको उद्घाटन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा नवनिर्मित भवनको उद्घाटन गर्न लागिएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले जानकारी दिए ।

१ करोड ४४ लाखको स्टिमेट गरी उद्योग वाणिज्य संघको भवन निर्माण गरिएको छ । अध्यक्ष जोशीका अनुसार भवनको उद्घाटन समारोह सकिएपछि साधारण सभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजैबाट बन्द सत्र समेत सुरु हुने छ ।