logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाही जिल्ला भलिबल संघको नयाँ नेतृत्व चयन


  • उज्यालो अभियान

हरिपुर – सर्लाही जिल्ला भलिबल संघको नयाँ नेतृत्व चयन गरिएको छ ।

सोमबार लालबन्दी नगरपालिकाको सिस्वामा सम्पन्न भेलाबाट सोही ठाउँ निवासी रामानन्द सिंह थारु अध्यक्ष रहने गरी १२ सदस्यीय सर्लाही जिल्ला भलिबल संघ गठन गरिएको हो । थारु पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत हुन् ।

संघको उपाध्यक्षमा हरिपुर नगरपालिकाको चितायनका रामकृष्ण चौधरी र हरिपूर्वा नगरपालिका डुमरियाका श्रीनारायण पण्डित, महासचिवमा चन्द्रनगर गाउँपालिका बडकुर्वाका अरुण कुमार चौधरी, कोषाध्यक्षमा ईश्वरपुर नगरपालिका मनहर्वाका शिवनारायण सिंह दनुवार लगायत अन्य सदस्यहरु रहेका छन् ।