logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नगरपालिकाको विकट गाउँका किसानलाई ब्याडे बोका वितरण


  • उज्यालो अभियान

बयलवास – ईश्वरपुर नगरपालिकाले नगरभित्रको सबैभन्दा दुर्गम भेगमा पर्ने शिर फूलजोर र पिपलदमारका किसानलाई उन्नत जातको ब्याडे बोका वितरण गरेको छ ।

चुरेभेगस्थित वडा नं. १२ मा पर्ने शिर फूलजोर बाख्रापालन कृषक समूह र पिपलदमार बाख्रापालन कृषक समूहलाई सोमबार चार/चार वटा जमुनापारी ‘क्रस’ जातको ब्याडे बोका वितरण गरिएको हो । व्यावसायिक रुपमा बाख्रापालन गर्दै आइरहेका र त्यसैबाट गुजारा टार्ने त्यहाँका किसानको माग अनुसार बाख्रापालनमा थप टेवा पुर्याउने उद्देश्यले नगरपालिकाबाट निःशुल्क अनुदानमा ब्याडे बोका उपलब्ध गराएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले बताए ।

अनुदानको ब्याडे बोका लिन आएका किसानलाई घाँसको बीउ, नाम्ले र जुकाको औषधि समेत सँगै दिएर पठाइएको नगरपालिकाको पशु शाखाले जनाएको छ । नगरप्रमुख आचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ र पशु सेवा शाखाका प्रमुख शिकारी साहले किसानलाई ब्याडे बोका गरेका हुन् ।