logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बागमतीमा सशस्त्रको प्रदेश स्तरीय विपद् पूर्व तयारी अभ्यास (तस्बीरसहित)


  • उज्यालो अभियान

बागमती – सर्लाही र रौतहटको सीमामा पर्ने बागमती नदीमा शनिबार दिउँसो सशस्त्र प्रहरीले मधेश प्रदेश स्तरीय मनशुनजन्य विपद् पूर्व तयारी अभ्यास गरेको छ ।

यस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यतामा बागमती नुनथरमा सशस्त्र प्रहरी बल नेपालको छिन्नमस्ता बाहिनी बर्दिवास महोत्तरीले विपद् पूर्व तयारी अभ्यास कार्यक्रम सम्पन्न गरेको बाहिनीपती एवं सशस्त्रका डीआईजी गणेश ठाडा मगरले जानकारी दिए ।

कार्यक्रममा सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापा, रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार काफ्ले, गृह तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव राम कुमार महतो, नेपाल प्रहरीका डीआईजी मसाउद आलम खाँ, सशस्त्रका डीआईजी मगरसहित आठवटै जिल्लाका जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

डीआईजी मगरले बर्खायाममा मधेश प्रदेशमा बाढी तथा डुबानको समस्या धेरै हुने भएकाले सो समयमा गरिने उद्धार कार्यको पूर्व तयारी अभ्यास गरिएको जानकारी दिए ।

सर्लाहीमा केही दिनअघि चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा जिल्ला स्तरीय विपद् पूर्व तयारी अभ्यास कार्य गरिएको थियो ।

तस्बिर : श्रवण थापा