logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नाढीमन तालमा यसरी गरियो मनसुनजन्य घटनाको कृत्रिम अभ्यास (फोटो फिचर)


  • उज्यालो अभियान

नाढीताल – बुधबार दिउँसो जिल्लाको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा मनसुनजन्य विपद् सम्वन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

तीन वटा सुरक्षा अंग : नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबानको समयमा गरिने उद्धारको संयुक्त अभ्यास गरेका हुन् । मनसुन सक्रिय भएसँगै जिल्लामा बाढी तथा डुबानको समस्या सुरु हुने भएकाले सो विपद्को बेला गरिने उद्धार कार्यको अभ्यास गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमले उज्यालो अभियानसँग बताएका छन् ।

बाढी तथा डुबानमा परेकाहरुलाई के कसरी सुरक्षितसँग उद्धार गर्न सकिन्छ ? भनेर अभ्यास गरिएको सीडीओ गौतमले बताए । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, सबै सुरक्षा अंगका प्रमुख, विभिन्न कार्यालयका प्रमुख र अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

हरेक वर्ष वर्षायाममा सर्लाहीको बागमती, लखन्देही, झिम र मनुष्मारा खोलामा आउने बाढीले डुबान तथा कटानको समस्या हुने गरेको छ । सदरमुकाम मलंगवासहित धनकौल, चक्रघट्टा, बसबरिया, विष्णु, रामनगरलगायतका पालिका बाढी तथा डुबानबाट बढी प्रभावित हुने गरेका छन् ।

तस्बिर : ओमप्रकाश ठाकुर
शब्द : जनार्जन खत्री