हरिपूर्वा – सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्डभिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण सिकाई परियोजना” अन्तर्गत वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।
हरिपूर्वास्थित केश्वर गरिव मावि र पर्सास्थित गाउँपालिकाको भवनमा वार्षिक समीक्षा बैठकमा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको बाल संरक्षण नीति समेत विमोचन समेत गरिएको छ। हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाले सिकाइ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा बाल संरक्षण नीति निर्माण गरिएको हो ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले सिकाइ परियोजना अन्तर्गत जुलाई २०२१ देखि जुन २०२२ सम्म गरेको कामको उपलब्धि तथा बाल संरक्षण नीतिमा उल्लेख भएका नीति बारे प्रस्तुतिकरण गरेका थिए ।
पर्सा गाउँपालिकामा सो पालिकाका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष नुतन देवी मण्डल, सबै वडाको वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, त्यस्तै, हरिपुर्वा नगरपालिकामा नगर प्रमुख विनोद कुमार साह, उप प्रमुख सुमिन्द्रा देवी, सबै वडाको वडा अध्यक्ष, प्रशासकिय अधिकृत कुमार परियार, शिक्षा शाखा प्रमुख जनक काफ्ले, महिला बालबालिका शाखा प्रमुख धनमाया खड़का, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, वल्र्डभिजन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति भएका संस्थाका नागेन्द्र प्रसाद शाहले जानकारी दिए।