logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हरिवनमा ४९ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा मंगलबार ४९ जनाले रक्तदान गरेका छन् ।

‘रक्तदान जिवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाल मानव धर्म सेवा समितिले पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजारमा राखेको शिविरमा ४९ जनाले रक्तदान गरेका हुन् । अन्तराष्ट्रिय विश्व रक्तदान दिवसको अवसर पारेर रक्तदान शिविर राखिएको आयोजककी शान्ति ढुंगानाले जानकारी दिईन् ।

शिविरमा संकलित रगत रक्त संचार केन्द्र भरतपुर, चितवनसँग समन्वय गरी त्यहीँ पठाइएको ढुंगानाले बताईन् । रक्तदान शिविरको मंगलबार बिहान हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यता तथा हरिवन ११ का वडाध्यक्ष शेष मेहबुब रेजाको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको थियो ।