logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नवविवाहित पोख्रेल दम्पत्तिद्वारा आश्रममा खाद्यान्न सहयोग


  • उज्यालो अभियान

जुटपानी – सर्लाहीको हरिवन नगरपालिका–८, निवासी एक नवविवाहित दम्पत्तिले मंगलबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा खाद्यान्न सहयोग गरेका छन् ।

भर्खरै वैवाहिक जीवनमा बाँधिएका बिजय पोख्रेल र आश्रा भण्डारीले आफ्नो विवाहको शुभ अवसरमा खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुले बुधबार आश्रममै आएर ५० केजी चामल, ५० केजी आलु, ५ लिटर तेल, तरकारी, नुन, मसलालगायतका सरसामग्री प्रदान गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।

नवविवाहित पोख्रेल दम्पत्तिले आश्रम संचालनका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन् ।