लालबन्दीस्थित मोडेल अस्पताल । तस्बीर : उज्यालो अभियान
लालबन्दी – अस्पतालले उपचार खर्च मिनाह गरेपछि सर्लाही कालिन्जोरकी एक मृतक महिलाको शव परिवारले बुझेका छन् ।
चुरे भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर सिस्नेखर्ककी ४७ वर्षीया सुकुमाया गोलेको शव मंगलबार मध्यान्ह गाउँलेसहित आएका परिवारले बुझेर लगेका हुन् । गोलेलाई जेठ २६ गतेदेखि २९ गते बेलुकासम्म लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार गराइ घर लगिएको थियो । उनको फोक्सोमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
डिस्चार्ज गरेर घर लगेकै दिन पुनः स्वास्थ्यमा समस्या आएपछि जेठ २९ गते राती नै उनलाई फेरि अस्पताल ल्याइयो । अस्पतालले सामान्य उपचार पश्चात काठमाण्डौं रेफर ग¥र्यो । काठमाण्डौंतर्फ लानेक्रममा काभ्रेको भकुण्डेबेसी पु¥याएपछि उनको मृत्यु भएको हो ।
परिवारले मंगलबार बिहान मृतकको शव भकुण्डेबेशीदेखि फर्काएर पुनः लालबन्दी ल्याएका थिए । उनीहरुले अस्पतालको लापरवाहीका कारण सुकुमायाको मृत्यु भएको आरोप लगाएका छन् ।
मृतकका परिवारले अस्पतालको दोष देखाउँदै शव बुझ्न नमानेपछि ईश्वरपुरका जनप्रतिनिधिसहित बसेर मंगलबार बिहान छलफल गरिएको थियो । छलफलले अस्पतालमा गोलेको उपचार गर्दा लागेको सम्पूर्ण खर्च मिनाह गर्ने सहमती गरेपछि मृतकको शव परिवारले बुझेर लगेका हुन् ।
गोलेको औषधि उपचार खर्च ६८ हजार रुपैयाँ उठेको बुझिएको छ ।