मलंगवाका निर्वाचित कार्यपालिका सदस्यहरु
मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा सोमबार कार्यपालिका सदस्यहरुलाई शपथ खुवाइएको छ ।
केही दिनअघि सम्पन्न कार्यपालिका सदस्य निर्वाचनबाट चुनिएका ८ जना कार्यपालिका सदस्यलाई सोमबार दिउँसो नगरप्रमुख नागेन्द्र प्रसाद यादवले आफ्नै कार्यकक्षमा शपथ ग्रहण गराएका हुन् । कार्यपालिका सदस्यको शपथ सकिएसँगै नगरपालिकाले अब असार १० गते नगर सभा सुरु गरी बजेट ल्याउने तयारी सुरु गरिने जनाएको छ ।
यता, हरिवनमा सोमबार नेपाल तामाङ घेदुङ नगर समितिले नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । घेदुङले हरिवनस्थित सगुन सहकारीको सभा हलमा नगरप्रमुख रमेश कुमार बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलानसहित ११ वटै वडाका वडाध्यक्षहरुलाई स्वागत तथा सम्मान गरेको हो ।