logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बहुजनका जनप्रतिनिधि र उम्मेदवारलाई सम्मान


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१०, कटानीमा शनिबार बहुजन एकता पार्टी नेपालले जिल्लामा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र उम्मेदवारहरुलाई सम्मान गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र प्रतिस्पर्धामा सामेल भई पराजित भएका उम्मेदवारहरुलाई एकै ठाउँमा जम्मा पारेर सम्मान गरेको हो । कार्यक्रममा सर्लाही जिल्लामै पहिलो महिला वडाध्यक्षमा निर्वाचित बरहथवा नगरपालिका १० की सर्मिला कुमारी रामसहित अन्य जनप्रतिनिधिलाई सम्मान गरिएको पार्टीले जनाएको छ ।

वडाध्यक्ष रामसहित कार्यपालिका सदस्य विन्देश्वर प्रसाद धनकार, वडा सदस्यहरु राजेश राय, सुरेन्द्र मण्डल, निर्मला देवी, रामसखी राउतसहित जिल्लामा पार्टीको तर्फबाट पालिका प्रमुख तथा उपप्रमुखमा उम्मेदवार बनेकाहरुलाई सम्मान गरिएको बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानले जानकारी दिए । पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन कुमार रन्जनको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।