logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बरहथवामा मुसहरलाई व्यवहार परिवर्तन तालिम प्रदान


  • उज्यालो अभियान

खराब व्यवहार त्याग्ने प्रतिवद्धता जनाउँदै मुसहर महिला तथा किशोरीहरु ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका ८ टाँडीमा लैंगिक रुपान्तरणका लागि सामाजिक मूल्य मान्यता र व्यवहार परिवर्तन विषयक २ दिने तालिम शनिबार सम्पन्न भएको छ ।

मुसहर समुदायलाई लक्षित गरी सुरु भएको तालिम साप–नेपालको आयोजना र नेपाल राष्ट्रिय मुसहर संघको समन्वयमा तालिम सम्पन्न गरिएको हो । टाँडीस्थित सामुदायिक भवनमा आयोजित तालिम शनिबार सम्पन्न भएको हो ।

मुसहर समुदायका १० घर परिवारका श्रीमान–श्रीमती, छोरा–बुहारी, छोरीलगायत गरी ५० जना सहभागीलाई सामाजिक मूल्य मान्यता, असल तथा खराब बानीबेहोरा सम्वन्धी तालिम प्रदान गरिएको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए । यस प्रकारको तालिम यसअघि हरिपुर र चन्द्रनगरमा सम्पन्न भइसकेको छ ।

तालिममा सहभागी मुसहर समुदायका पुरुष, महिला तथा युवाहरुले मदिरा सेवन नगर्ने, घर–परिवार समाजमा मिलेर बस्ने, सरसफाईमा ध्यान दिने, बालबालिकालाई विद्यालय पठाउने र बालविवाह नगर्ने जस्ता प्रतिवद्धता जनाएका छन् । तालिम पश्चात आयआर्जनमा टेवा पुगोस् भन्ने उदेश्यले प्रत्येक परिवारलाई जनही ५ हजार रुपैयाँ प्रदान गर्ने गरिएको आयोजक संस्थाले जनाएको छ ।