logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

ईश्वरपुरमा करेन्ट लागेर एक मजदुरको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, मा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ ।

मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रा.लि. मा कार्यरत ईश्वरपुर नगरपालिका–९, का अन्दाजी ४० वर्षीय मनोज चौधरीको करेन्ट लागेर ज्यान गएको हो । चौधरीलाई मोटर बनाउनेक्रममा बुधबार साँझ करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि तत्कालै बयलवासमा रहेको एक स्वास्थ्य संस्थामा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी लामो समयदेखि सो मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा ‘अलराउण्डर’ भई काम गर्दै आएका थिए ।

चौधरीलाई करेन्ट लागेपछि बचाउन भन्दै गएका अन्य केहीलाई पनि करेन्टको झड्का लागेपनि उनीहरुको अवस्था भने सामान्य छ । मृतक चौधरीको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि बिहीबार दिउँसो परिवारले बुझिसकेका इलाका प्रहरी कार्यालय केशरगन्जले जनायो ।