logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

गोडैतामा जेसिबी र मोटरसाइकल जुध्यो, दुई विद्यार्थी घाइते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

गोडैता – गोडैता नगरपालिका–५, रामवनमा बुधबार दिउँसो जेसिबी र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई विद्यार्थी घाइते भएका छन् ।

नम्वर नखुलेको जेसिबी र बीआर ३० एच ८४१४ नम्वरको भारतीय मोटरसाइकल आपसमा ठोक्किँदा रामनगर गाउँपालिका ४ बस्ने ईश्वर साहका २० वर्षीय छोरा राजेश साह र सोही स्थान बस्ने मोदी साहकी १७ वर्षीया छोरी घाइते भएका हुन् ।

घाइते युवतीको नाम खुल्न सकेको छैन् । उनीहरु कक्षा १२ को परीक्षा दिएर घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् ।

घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । प्रहरीले जेसिबी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।