logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

स्नातक उर्तिण गरी विवाह गर्ने छोरीलाई ५० हजार प्रोत्साहन रकम


  • उज्यालो अभियान

पदभार ग्रहण गर्दै वडाध्यक्ष प्रमोद कुमार राय र साथमा नगरप्रमुख, उपप्रमुख, पूर्व नगरप्रमुख लगायत । (तस्बीर सौजन्य : मुकेश झा)

हरिपूर्वा, जेठ २० – सर्लाहीको हरिपूर्वा नगरपालिका–३ को वडा कार्यालयले स्नातक तह उर्तिण गरी विवाह गर्ने छोरीलाई पोत्साहन स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

वडाका नवनिर्वाचित वडाध्यक्ष प्रमोद कुमार रायसहित अन्य सदस्यहरुले शुक्रबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । यस्तै, वडाभित्रका छोरीहरुले १२ कक्षा मात्रै उर्तिण गर्दा पनि पोत्साहन स्वरुप १५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको वडाध्यक्ष रायले जानकारी दिए ।

छोरीहरु शिक्षाबाट बन्चित हुन नपरोस् र उमेर नपुगी हुने विवाह रोकियोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको वडाध्यक्ष रायले बताएका छन् । उनका अनुसार एसईई परीक्षामा ए प्लस ल्याउने छात्र तथा छात्रालाई जनही १० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै, बैठकले धनकौल स्वास्थ्य चौकीमा ४ पटक गर्भजाँच गराउने महिलालाई सरकारले दिँदै आएकोबाहेक वडाको तर्फबाट थप ८ सय रुपैयाँ पोत्साहन रकम प्रदान गर्ने निर्णय गरेको छ । वडाका जनप्रतिनिधिको पदभार ग्रहण कार्यक्रममा हरिपूर्वाका नवनिर्वाचित नगरप्रमुख विनोद कुमार साह, उपप्रमुख सुमित्रा देवी ग्वारिन, पूर्व नगरप्रमुख शियाराम राय लगायत सहभागी भएका थिए ।