logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

अज्ञात व्यत्तिद्वारा घरमा आगजनी, एक लाख बढीको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

बलरा – अज्ञात व्यक्तिले सर्लाहीको बलरामा बुधबार राती एक घरमा आगजनी गरेका छन् ।

आगजनीबाट घर पूर्णरुपमा जलेको छ । बलरा नगरपालिका–१, सेडवा छन्की निवासी सन्जय पटेलको घरमा आगजनी भएको हो । बुधबार मध्यराततिर भएको आगजनीबाट घर पूर्णरुपमा जलेको छ ।

पीडितले आगजनीबाट एक लाख बढीको क्षति भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको सम्वन्धमा नजिकैको प्रहरी चौकीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।