सांकेतिक तस्बिर ।
सोल्टी – सर्लाहीको बागमती नगरपालिका–९, निर्माण चोकमा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
निर्माण चोकबाट सोल्टीतर्फ गइरहेको बा ४४ प ८८३३ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक निर्माण चोक नै निवासी २० वर्षीय हीरामन महराको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका महरालाई हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरतर्फ लानेक्रममा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
प्रत्यक्षदर्शीले दुर्घटनामा परेको मोटरसाइकल अत्यन्तै तीव्र गतिमा चलाइएको बताएका छन् । प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।