हरिवन – मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नागरिकप्रति उत्तरदायी बनेर काम गर्न आग्रह गरेका छन् ।
सर्लाहीको हरिवनमा आइतबार उज्यालो अभियान दैनिकको तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश प्रमुख मिश्रले नवनिर्वाचित जनप्रतिनिधिसँग नागरिकको धेरै नै अपेक्षा रहेकाले जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गरेका हुन् । उनले स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्णरुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।

निर्वाचनपश्चात नवनिर्वाचित जनप्रतिनिधि र समाजका सामाजिक अभियन्तासँग नागरिकको धेरै अपेक्षा रहेकाले उनीहरुको भावनालाई कदर गरेर अघि बढ्न उनले आग्रह गरे । फरक प्रशंगमा प्रदेश प्रमुख मिश्रले मुलुकमा गणतन्त्र स्थापनाका लागि नागरिक स्तरबाट उच्च योगदान रहेको स्मरण गरे ।

सोही कार्यक्रममा प्रदेश प्रमुख मिश्रले हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पंजियार, मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादव, बलरा नगरपालिकाका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहा, बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाल, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोलाई दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा उज्यालो अभियान दैनिकले सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सर्लाहीको गोडैता निवासी महिला अधिकारकर्मी रम्भा झा र हरिवन नगरपालिका–१, निवासी समाजसेवी एवं नवनिर्वाचित वडाध्यक्ष टमबहादुर घिसिङलाई कदर पत्रसहित सम्मान गरेको छ ।
उज्यालो अभियान दैनिकका अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुङ्गेली, सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराई, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, पत्रकार महासघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, महासंघकी केन्द्रीय सदस्य गायत्री मिश्र, बरहथवा नगरपालिकाकी नगरप्रमुख कल्पनाकुमारी कटुवाल, नागरिक समाजका अगुवा रजनीकान्त झा, भवानी कोइरालालगायतले मन्तव्य रोखका थिए ।