logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हरिपुर नगरपालिकाको मेयरमा कांग्रेसका पंजियार विजयी


  • उज्यालो अभियान

हरिपुर नगरपालिकामा कांग्रेसबाट मेयरमा बिजयी गोपाल पंजियार (कुर्सीमा बसेर हात उठाएका) सहित कांग्रेस नेता कार्यकर्ताहरु । (तस्बिर ः सामाजिक संजाल)

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाको प्रमुख (मेयर) मा नेपाली कांग्रेसका गोपाल पंजियार विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पंजियार नगरप्रमुखमा निर्वाचित भएका हुन् । नगरप्रमुखमा निर्वाचित पंजियारले ६ हजार ९३८ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका बुढाथोकीले तीन हजार ८८७ मत मात्रै प्राप्त गरेका छन् ।

यस्तै, हरिपुर नगरपालिकाको उपप्रमुख (उपमेयर) मा पनि नेपाली कांग्रेस नै विजयी भएको छ । उपप्रमुखमा कांग्रेसकी निलम राय यादव पाँच हजार ५८३ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याईन् ।

नौवटा वडा रहेको हरिपुरमा नेपाली कांग्रेसले वडा नं. ५, ६ र ७, नेकपा माओवादी केन्द्रले वडा नं. १ र ३, नेकपा एमालेले वडा नं. २ र ४, नेकपा (एकीकृत समाजवादी) ले वडा नं. ८ र ९ मा जित हाँसिल गरेका छन् ।