मंगलबार दिउँसाे लालबन्दी खेलमैदानमा हेलिकप्टरबाट ओर्लिएका प्रचण्ड ।
लालबन्दी – नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्वोधन गर्न सर्लाहीको लालबन्दी आइपुगेका छन् ।
प्रचण्ड जिल्लाको दक्षिण पश्चिम भेगस्थित चक्रघट्टा बजारमा आयोजित चुनावी सभालाई सम्वोधन गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत लालबन्दी आइपुगेका हुन् । मध्यान्ह १२ बजेर ४० मिनेटमा लालबन्दी आएका प्रचण्डले अहिले यूनाइटेड होटलमा खाना खाइरहेका छन् ।
चुनावी सभाका प्रमुख अतिथि प्रचण्ड आइपुगेपनि कार्यकर्ताहरु भने अहिले बल्ल धमाधम भेला भइरहेका छन् । कार्यकर्ता जम्मा हुन अझै केही समय लाग्ने भएपछि प्रचण्ड जिल्लाको धनकौल गाउँपालिकास्थित हरकठवामा चुनावी सभालाई सम्वोधन गर्न जाने तयारी गरेका छन् । धनकौल पुगेर प्रचण्ड फेरि लालबन्दी फर्किने छन् ।