लालबन्दी – सर्लाहीको लालबन्दीमा एक जना शिक्षकको मोटरसाइकलमा आगजनी भएको छ ।
जनज्योति माध्यमिक विद्यालय लालबन्दीका शिक्षक लालबन्दी नगरपालिका–१०, चन्द्रपुर निवासी चेतबहादुर मगरको बागमती प्रदेश–०२–०१९ प ६१३१ नम्बरको एभेञ्जर मोटरसाइकलमा आइतबार राती नचिनेका मानिसले आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकलको इन्जिन लगायतका विभिन्न भाग जलेकाले नचल्ने भएको छ ।
आगजनी भएको थाहा पाउनासाथ पानी हालेर निभाएकाले मोटरसाइकल पूर्णरुपमा जल्न भने नपाएको शिक्षक मगरले बताए । उनले घटनाबारे अनुसन्धान गरिदिन लालबन्दी प्रहरीमा खबर गरेको जानकारी दिएका छन् ।