logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

राजघाटमा हात्ती देखिए, एक घरमा क्षति


  • उज्यालो अभियान

फाइल तस्बीर ।

राजघाट – सर्लाहीको बागमती नगरपालिका वडा नं. ५, राजघाटमा सोमवार राती जंगली हात्ती देखा परेका छन् ।

राती ११ बजेतिर देखा परेको जंगली हात्तीले स्थानीय प्रभु सुस्लिङ मगरको एउटा घरमा क्षति पु¥याएको प्रहरी चौकी राजघाटले जनाएको छ । हात्तीले घरको बेराघेरा भत्काई भित्ररहेका टिभी, टेबुल, कुर्सी लगायतका सरसामग्रीमा क्षति पु¥याएको पीडितले बताएका छन् ।

यसअघि जिल्लाको ईश्वरपुर नगरपालिकाको गौरीशंकर, सागरनाथ, भक्तिपुर लगायतका स्थानमा हात्तीले महिनाँदेखि आतंक मच्चाउँदै आएको छ । राजघाट क्षेत्रमा भने राती पहिलो पटक हात्ती देखिएको स्थानीयवासीले बताएका छन् ।