logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सोल्टीमा असोज १ गतेबाट ४८ औं इन्द्र जात्रा मेला महोत्सव हुने


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/बागमती – सर्लाहीको शंकरपुर सोल्टीमा ४८ औं इन्द्र जात्रा मेला महोत्सव हुने भएको छ ।

सोल्टी यूवा क्लव र बागमती उद्योग वाणिज्य संघको आयोजनामा यही असोज १ गतेबाट मेला सुरु हुने मेला महोत्सव आयोजक समितिका अध्यक्ष टिका दर्लामी मगरले जानकारी दिए । उनका अनुसार मेलामा प्रदेश स्तरिय खुल्ला डान्स प्रतियोगीता, कुस्ती, बिभिन्न खेल तमासा, रोटेपीङ र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने छ ।

मेलामा स्थानीय उत्पादनकासाथै विभिन्न व्यापारिक स्टलसमेत रहने आयोजकले जनाएको छ । मेला सम्पन्न गर्न अनुमानित ७ लाख खर्च हुने अध्यक्ष दर्लामीले बताए ।

बागमती नगरपालीकाको कार्यालय ,व्यापारी तथा स्थानीयको व्यक्तिगत सहयोगमा मेला सम्पन्न गरिने अध्यक्ष दर्लामीले जानकारी दिए ।

मेला महोत्सवको पहिलो दिन असोज १ गते महोत्सव उद्घाटन तथा शो डान्स, २ र ३ गते आर्केष्ट्रा र मेलाको अन्तिम दिन असोज ४ गते खुल्ला डान्स प्रतियोगीता आयोजना गरिने मेला आयोजक समितिका उपाध्यक्ष अमृत कुशवाहले बताए ।