मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा मंगलवार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले मास्क वितरण गरेको छ ।
अनेरास्ववियूको सर्लाही क्याम्पस कमिटीले बजारमा बिनामास्क हिँडिरहेका सर्वसाधारणलाई मास्क वितरण गरेको हो । क्याम्पस इकाई कमिटीका अध्यक्ष धमेन्द्र यादवको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य सुरेश साहको प्रमुख आतिथ्यतामा आयोजित मास्क वितरण कार्यक्रममा उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष वीरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।
जिल्लामा यसरी विभिन्न राजनीतिक दल, तीनका भातृ संस्था र संघसंस्थाले जनचेतना जगाउने हिसाबले मास्क बाँडिरहेको भएपनि सर्वसाधारण नागरिक आफैले भने मास्क लगाउन छाडिसकेका छन् ।