logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिवनको साँघुरी भन्ज्याङमा एमालेको पार्टी प्रवेश कार्यक्रम


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, स्थित चुरेभेगमा पर्ने साँघुरी भन्ज्याङमा सोमवार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेससहित अन्य पार्टी परित्याय गरी १७३ जना एमालेमा प्रवेश गरेका एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता युवराज आचार्यले जानकारी दिए । पार्टीका नेता विदुर कुमार प्याकुरेलको अध्यक्षता तथा एमालेको सर्लाही जिल्ला इन्चार्ज कमलादेवी महतोको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

नवप्रवेशीहरुलाई जिल्ला इन्चार्ज महतो, संंविधान सभा सदस्य हरि उप्रेती, पूर्व मन्त्री बद्री न्यौपाने, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, तारा पोखरेल लगायतले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।