लालबन्दी – लालबन्दी जेसिजले आफ्ना सदस्यहरुलाई शेयर बजारका बारेमा तालिम प्रदान गरेको छ ।
शेयर बजारमा कसरी लगानी गर्ने, कसरी नाफा आर्जन गर्ने भन्ने सम्वन्धमा सदस्यहरुलाई तालिम प्रदान गरिएको लालबन्दी जेसिजका कार्यकारिणी उपाध्यक्ष सरोजबाबु न्यौपानेले बताए । उहाँका अनुसार तालिममा ६० जना भन्दा बढी सहभागी भएका थिए ।
लालबन्दी जेसिजका अध्यक्ष श्याम कुमार खड्काको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर शान्ति कुमारी लामा, वडा नं. ६ का वडाध्यक्ष उज्वल कुमार कार्की, वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष सूर्यबहादुर श्रेष्ठ, लालबन्दी जेसिजको मातृ शाखा चन्द्रनिगाहपुरका अध्यक्ष लोकेन्द्र खड्का लगायतको उपस्थिति थियो ।
कार्यकारिणी उपाध्यक्ष न्यौपानेका अनुसार शेयर बजारका जानकार सन्तोष राज बजगाईमार्फत जेसिजले आफ्ना सदस्यहरुलाई तालिम प्रदान गरेको हो ।