प्रतिकात्मक तस्बिर ।
ईश्वरपुर – ईश्वरपुर नगरपालिका ४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या भएको छ ।
सो अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।