बरहथवा – २४ सै घण्टा सुरक्षा व्यवस्थामा खटिने र निषेधाज्ञा कडाईमा अहाेरात्र लागिपरेका सर्लाहीका एक एक सुरक्षा अधिकृतले काेराेना भाईरस संक्रमणका कारण जारी लकडाउनले सारै अफ्ठ्याराेमा परेकाे परिवारलाई खाद्यान्न सहयाेग गरेका छन् ।
सर्लाहीकाे बरहथवा स्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) उद्धव सिंह भाटले एक असहाय परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । जिल्ला स्थित बागमती नगरपालिका वडा नं.६, राजघाट निवासी तारामाया पुलामीको परिवारलाई डीएसपी भाटले आईतबार दिउँसाे चामल, दाल लगायतका खाद्यान्न सामाग्री सहयाेग गरेकाे सोही वडाका वडाध्यक्ष गोविन्द राईले जानकारी दिएका छन् ।
वितरण गरिएको सामाग्रीहरुमा चामल २५ केजी, दाल ३ केजी, चिनी साढे २ केजी, आलु ४ केजी, प्याज साढे २ केजी, नुन २ केजी, बालटिन १ वटा, जग १ वटा, नुहाउने सावुन ४ थान, कपडाको सावुन ४ थान, ब्रस ४ थान, दात माज्ने पेष्ट १ थान, ह्यण्डवास १ डिब्वा रहेको छ । वडाध्यक्ष राईका अनुसार तारामायाका श्रीमानकाे क्यान्सरका कारण केही समय अगाडि मृत्यु भएको थियो भने छोरीको पनि केही दिन अगाडि दुर्घटनामा परी मृत्यु भएको थियो । अत्यन्त विपन्न परिवारकाे अवस्था निकै दयनिय देखेपछि आफूले सानाे सहयाेगकाे वातावरण बनाएकाे र निकट भविष्यमा पनि थप सहयाेग जुटाउन आफ्नाे पहलकदमी रहने डीएसपी भाटले उज्यालाे अभियानलाई बताए ।
झण्डै वर्षदिन अघि ईलाका प्रहरी कार्यालय बरहथवाकाे कमाण्डरकाे रुपमा जिम्मेवारी सम्हालेका डीएसपी भाटले उक्त क्षेत्रमा राज्यकाे नियम कानून पालना गराउन तथा काेराेना भाईरस संक्रमणका कारण जारी लकडाउन एवं निषेधाज्ञा कार्यान्वयन गराउन चालेकाे नेतृत्वदायी भूमिकाका कारण निकै चर्चामा छन् । आफ्नाे स्वार्थ सिद्द नहुने भएपछि पछिल्लाे समय भने उनि विरुद्द विभिन्न राजनैतिक दलका नेताहरु लागिपरेकाे त्यस क्षेत्रका जानकारले बताएका छन् ।
फाेटाे क्याप्सन : राहत सामग्री सहित डीएसपी भाट । (तस्बिर : उज्यालाे अभियान)