नयाँरोड स्थित सञ्चालनमा ल्याईएको आश्रम भवन । (तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीबाट प्रकाशित भईरहेकाे उज्यालाे अभियान दैनिक पत्रिकाकाे तेस्राे वार्षिकाेत्सबकाे अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग गरिएकाे छ ।
यस उज्यालाे अभियान अनलाईन र उज्यालाे अभियान दैनिक सञ्चालक संस्था उज्यालाे अभियान मिडिया नेटवर्क प्रालिले नयाँराेड स्थित मानव सेवा आश्रमलाई डेढ क्वीन्टल चामल र २५ किलाे दाल सहयाेग गरेकाे हाे । बेसहारा, अशक्त सडक मानवलाई आश्रय दिईरहेकाे आश्रममा हाल ६२ जना आश्रित छन् ।
याे पनि पढ्नाेस्
यहाँहरु सबैमा हार्दिक शुभकामना
आज (शनिबार) साँझ उज्यालाे अभियान मिडियाका अध्यक्ष टंकबहादुर क्षेत्री, सदस्य घनश्याम बलम्पाकी, पत्रकार सञ्जु कर्ण लगायतकाे उपस्थितीमा खाद्यान्न सहयाेग गरिएकाे थियाे । काेराेना भाईरस संक्रमणका कारण पछिल्लाे समय प्रदेश दुईकै सबैभन्दा ठूलाे मानव आश्रममा आश्रितहरुकाे छाक टार्नै समस्या भईरहेकाले सबै मनकारीहरुमा यथाशक्य सहयाेगका लागि व्यवस्थापकले आग्रह गर्दै आएका छन् ।