logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दी जेसिजद्वारा हरिवनको आश्रममा खाद्यान्न


  • उज्यालो अभियान

हरिवन – लालबन्दी जेसिजले तेस्रो स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ ।

हरिवन नगरपालिका–९ नयाँरोड स्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरिएको लालबन्दी जेसिजका अध्यक्ष श्यामकुमार खड्काले जानकारी दिए । खडकाका अनुसार चामल २५० केजी, दाल ३० केजी, चना २० केजी, आलु ६० केजी, २० लिटर तेल, १२० पोका चाउचाउ र २०० प्रति सर्जिकल मास्क हस्तान्तरण गरिएको हो ।

नेपाल जेसिजको विधि पदत्ति र सांगठानिक संरचनामा रही चन्द्रनिगाहपुर सिटि जेसिजले मातृत्व प्रदान गरेको लालबन्दी जेसिजले स्थापनाको खुसि साट्दै मानव सेवा आश्रममा खाधान्न हस्तान्तरण गरेको कानुनी सल्लाहकार मनोज बख्रेलले जानकारी दिए । बेघर, बेसाहारा मानवको अभिभावकीय संस्थाको रुपमा रहेको सर्लाही हरिवनको मानव सेवा आश्रममा कोरोना कहरका कारण खाद्यान्न लगायको समस्या परेको समाचार आएपछि जेसिजले ३० हजार रुपैंया बराबरको खाद्यान्न सहयोग गरेको छ ।

शनिबार बिहान मानव सेवा आश्रममै आयोजित हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम सर्लाही जिल्ला संयोजक मनिषा केसीले स्वागत मन्तव्य राख्दै सहयोगी युवा मनको उच्च सम्मान गरेकी थिईन् । त्यस्तै लालबन्दी जेसिजका तर्फबाट शुभकामना मन्तब्य राख्दै युवा व्यवसायी सुदेश ढुङ्गानाले निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरे भने लालबन्दी जेसिजका संस्थापक अध्यक्ष किरण घिमिरे, वर्तमान अध्यक्ष खड्काले संस्थागत मन्तब्य सहित आगामी दिनमा सहयोग जारी राख्ने बताएका छन् । हस्तान्तरण कार्यक्रममा लालबन्दी जेसिजका कार्यकारी उपाध्यक्ष सरोज न्यौपाने, केशव खड्का, महासचिव राजकुमार सिंह, उपाध्यक्षद्वय कुमार घिमिरे र सन्तोष पौडेल लगायतको उपस्थिती रहेको थियो ।