केही समय पहिला हरिवनको उत्तरी चुरे क्षेत्रमा देखिएको हात्ति । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)
हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा हात्तिको आक्रमणबाट दुई लाख रुपैंया बराबरको क्षति भएको छ ।
आज(मंगलबार) बिहान साँढे तीन बजेतिर आएको जंगली हात्तिको समूहले हरिवन नगरपालिका–१, गमडिकुना स्थित भैरव बहादुर सिंंहको बाँसको टाटीले बनाएको कच्ची घरमा क्षति पुर्याएको हो । हात्तिले सिंहको घर पूर्ण रुपमा भत्काई घरभित्र रहेको एक क्वीन्टल धान र चार क्वीन्टल मकै खाईदिएको प्रहरीले जनाएको छ । हात्तिको आक्रमणबाट घर र खाद्यान्न गरी दुई लाख रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मलंगवाले जनाएको छ ।
केही समय अघि देखी नै सर्लाहीका विभिन्न क्षेत्रमा देखा परिरहेको हात्तिले जनधनको क्षति पु¥याउन सक्ने भएकाले घाँस दाउराका लागि जंगल जादाँ र जंगलको बाटो भएर यात्रा गर्दा सजगता अपनाउन सुरक्षा निकायले अनुरोध गरेको छ । तीनवटा हात्तिहरु केही समयदेखि बागवानीको जंगल क्षेत्रमा बस्दै आएका थिए । ती हात्तिहरु उत्तरी चुरे क्षेत्रतर्फ लागेको बताईएको छ ।