logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मानवसेवा आश्रमलाई समृद्धि साकोसको सहयोग


  • उज्यालो अभियान

मानव सेवा आश्रमका उपाध्यक्ष धर्म पौडेललाई नगद सहयोग हस्तान्तरण गर्दै समृद्धि साकोसका अध्यक्ष ईन्द्र पाठक लगायत पदाधिकारी । (तस्बिर : उज्यालो अभियान)

सरिता सापकोटा/नयाँरोड – सर्लाहीको हरिवनमा रहेको मानव सेवा आश्रमलाई आर्थिक सहगोग प्राप्त भएको छ ।

हरिवन नगरपालिका–११ मा रहेको समृद्धि सहकारी संस्थाले मानव सेवा आश्रम सर्लाही शाखालाई नगद १५ हजार ५५ रुपैया सहयोग गरेको हो । सहकारीको सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत, हरिवन नगरपालिका–९, नयाँरोड स्थित मानव सेवा आश्रमलाई नगद १५ हजार ५५ रुपैया हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष ईन्द्र पाठकले जानकारी दिए ।

गत पुसबाट हरिवन नगरपालिका–९ नयाँरोडमा संचालनमा आएको मानव सेवा आश्रम कोरोना संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञाले गर्दा आर्थिक तथा खाद्यन्न संकटमा परेको छ । सोही खवर सुनेर आफुहरु थोरै भएपनि सहयोग गरौँ भनेर आश्रममा आएको समृद्धिका उपाध्यक्ष एवं नेपाली कांग्रेस हरिवन नगर उपसभापति डाकुरनाथ खतिवडाले जानकारी दिए । उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रमा संस्थामा कोषाध्यक्ष सुरेश भट्टराई, ब्यवस्थापक चिरञ्जीवी भट्टराई लगाएतको उपस्थिती रहेको मानव सेवा आश्रम सर्लाही शाखा संयोजक मनिषा केसीले जानकारी दिईन् ।

यसैविच सोही अवसरमा संस्थाका ब्यवस्थापक चिरञ्जीवी भट्टराईले आफ्नो ब्यक्तिगत तर्फबाट नगद एक हजार आश्रम परिवारलाई हस्तान्तरण गरेका छन् । आश्रम परिवारले निषेधाज्ञाका कारण आश्रममा आश्रितलाई दैनिक भोजन गराउन समेत समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेको छ । यो अत्यन्त संकटको घडिमा आश्रममा आएर आर्थिक सहयोग गरेको भन्दै आश्रम परिवारले समृद्धि सहकारी परिवार प्रति धन्यवाद ज्ञापन गरेका छन् । मानव सेवा आश्रमले केही महिना अघि सञ्चालनमा ल्याएको प्रदेश नं. दुईकै सबैभन्दा ठूलो आश्रममा ५० जनाभन्दा बढी आश्रीत छन् । मानव सेवा आश्रमले सडक मानव विहिनको कल्पना अनुसार आश्रम सञ्चालनमा ल्याएको हो ।