logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बागमतीमा सुकुम्वासी परिवारलाई साहसीको खाद्यान्न सहयोग


  • उज्यालो अभियान

सुकुम्बासी परिवारलाई खाद्यान्न प्रदान गरिँदै । (तस्बिर : उज्यालो अभियान)

सरिता सापकोटा/बागमती – सर्लाहीको बागमती नगरपालिका स्थित सुकुम्वासी बस्तीका अति विपन्न परिवारलाई एक गैर सरकारी संस्थाले शनिबार खाद्यान्न सहयोग गरेको छ ।

सोचाई पोषणका लागि युवा, महिला सशक्तिकरणका लागि यात्रा नेपाल र साहसी नेपाल बागमतीको संयुक्त आर्थिक सहयोगमा बागमती नगरपालिका–४ सुकुम्वासी बस्तीका ३६ परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । उक्त बस्तीमा रहेका अतिविपन्न चेपाङ र तामाङ बस्तीका परिवारलाई यो समयमा भोकै बस्न नपरोस भनेर खाद्यन्न वितरण गरेको साहसी नेपाल बागमतीका कोषाध्यक्ष सन्तोष गदालले जानकारी दिए ।

बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा प्रति परिवार २५ किलो चामल, २ किलो दाल, एक किलो नुन र एक पोका तेल वितरण गरिएको सहयोगी संस्थाले जनाएको छ । सागरनाथ वन विकास परियोजनाको जंगलक्षेत्रमा छरिएर रहेका उनिहरुलाई नगरपालिकाको पहलमा उक्त स्थानमा ब्यवस्थापन गरिएको थियो । कार्यक्रममा बागमती नगरपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर लामा लगायतको उपस्थिती रहेको थियो । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बेरोजगार बनेका उनिहरुलाई खानै नपाउने अवस्था नआओस् भन्ने उद्देश्य सहित खाद्यान्न सहयोग गर्ने सहयोगी संस्था प्रति मेयर थापाले आभार प्रकट गरेका छन् ।