logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

करेन्ट लागेर किशोरको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बरहथवा – सर्लाहीको बरहथवामा विद्युतीय करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–१५ पिपराभित्ता स्थित सुकुम्बासी टोल निवासी परिसर सहनिको
छोरा १५ वर्षीय रामु सहनीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो । आफ्नै घरमा बत्ति जोड्ने क्रममा
अचानक करेन्ट लागि गम्भिर घाइते भएका सहनीलाई उपचारको लागि प्राथामिक
स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल लगिएको छ ।