जुटपानी – सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्लेले सुक्रवार जुटपानी आश्रमका वृद्धवृद्धालाई भोजन गराएकी छिन् ।
हरिपुर नगरपालिका–२, की वासिन्दा समेत रहेकी उपमेयर काफ्लेले अक्षय तृतीया र आफ्नी जेठी छोरीको वैवाहिक वर्षगाँठको अवसरमा आश्रममा सुक्रवार एक दिनको खानाको प्रवन्ध मिलाएकी हुन् ।
उपमेयर काफ्लेले आश्रमको आजिवन सदस्य बन्दै हातधुने साबुन र मास्क समेत हस्तान्तरण गरेेेेकाे आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।